दफा १६क
सव परीक्षण गर्नु अघि अङ्ग झिक्न सक्ने
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि मृतकको दूर्घटनाबाटै मृत्यु भएको कुरामा तोकिए बमोजिमको समिति विश्वस्त भएमा सो समितिको स्वीकृतिमा मृतकको सव परीक्षण गर्नु अघि निजको शरीरबाट अङ्ग झिक्न सकिनेछ ।