दफा ६
सवारी तथा इन्धन सुविधा
(१) महान्यायाधिवक्तालाई ड्राइभर सहितको मोटर एक, मासिक एकसय पचास लिटर पेट्रोल र त्रैमासिक पाँच लिटर मोबिल उपलब्ध गराईनेछ ।
(२) आफ्नो निजी मोटर प्रयोग गर्ने महान्यायाधिवक्तालाई ड्राइभरको निमित्त नेपाल सरकारको हलुका सवारी चालकको तलबमानको शुरु अंक बराबरको रकम तथा मासिक एकसय पचास लिटर पेट्रोल र त्रैमासिक पाँच लिटर मोबिल उपलब्ध गराइनेछ ।
(३) उपदफा (१) बमोजिम उपलब्ध गराइएको मोटरको मर्मत र संभार तथा ग्रीजको बन्दोबस्त केन्द्रियसेवा विभागबाट हुनेछ ।
(४) महान्यायाधिवक्ताले प्रयोग गरेको मोटरको पेट्रोल र मोबिलको बिल भौचर बुझाउनु पर्ने छैन।
(५) महान्यायाधिवक्तालाई यस दफा बमोजिमको सुविधा निजले आफ्नो पदबाट अवकाश पाएको मितिले सात दिनसम्म दिइनेछ ।