दफा ११ग
सवारी रोक्ने र खानतलासी लिने
(१) यस ऐन विपरीत कार्य गर्न कुनै सवारीको साधन
प्रयोग गरिएको छ वा प्रयोग गर्न लागिएको छ वा यस ऐन विपरीत हुने गरी कुनै विदेशी
विनिमय त्यसमा लुकाएको छ भन्ने शङ्का गर्नुपर्ने पर्याप्त कारण र आधार भएमा अनुसन्धान
अधिकारीको आदेशले जुनसुकै बेला वा ठाउँमा त्यस्तो सवारीलार्ई रोक्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम रोकिएका सवारीको कुनै पनि भाग र त्यसमा रहेको
मालसामानहरूको खानतलासी लिन वा जाँचबुझ गर्न सकिनेछ र त्यसरी खानतलासी लिंदा
यस ऐन विपरीतको कुनै विदेशी विनिमय वा सोसँग सम्बन्धित कुनै लिखत फेला परेमा सो
कब्जामा लिन सकिनेछ ।