दफा ७
सवारी साधन तथा इन्धन सुविधा
(१) प्रत्येक पदाधिकारीलाई सवारी साधन एक र अनुसूची–१ मा उल्लेख भए बमोजिमको सवारी इन्धन र मोबिल उपलब्ध गराइनेछ ।
(२) उपदफा (१) बमोजिम पदाधिकारीले प्राप्त गरेको इन्धन र मोबिलको बिल भौचर बुझाउनु पर्ने छैन ।
(३) पदाधिकारीले यस दफा बमोजिम पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न सक्नेछ ।
(४) यस दफा बमोजिम पदाधिकारीलाई उपलब्ध गराइएको सवारी साधनको मर्मत र सम्भार नेपाल सरकारको तर्फबाट गरिनेछ ।
(५) सवारी सुविधा उपलब्ध नगराइएको सदस्यलाई संघीय संसदको कुनै सदनको वा कुनै समिति वा उपसमितिको वा दुवै सदनको संयुक्त बैठकमा भाग लिएको प्रत्येक दिनको निमित्त यातायात सुविधा बापत अनुसूची–१ बमोजिमको रकम दिइनेछ ।