दफा २९
सवारी साधनको प्रयोगमा रोक लगाउन सक्ने
कुनै व्यक्तिले यस ऐन बमोजिम बुझाउनु पर्ने दस्तुर तथा दफा २८ बमोजिमको जरिबाना तोकिएको म्यादभित्र नबुझाएमा बोर्डले त्यस्तो दस्तुर वा जरिबाना नबुझाएसम्म निजले दस्तुर वा जरिबाना नतिरेको सवारी साधन निजले प्रयोग गर्न नपाउने गरी रोक लगाउन सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।