दफा १७
सहकारी संस्था सङ्गठित संस्था हुने
: (१) सहकारी संस्था अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ ।
(२) सहकारी संस्थाको काम कारबाहीको लागि एउटा छुट्टै छाप हुनेछ ।
(३) सहकारी संस्थाले यस ऐनको अधीनमा रही व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्‍त, उपभोग, बिक्री वा अन्य व्यवस्था गर्न सक्नेछ।
(४) सहकारी संस्थाले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।
(५) सहकारी संस्थाले व्यक्ति सरह करार गर्न सक्नेछ ।