नियम ५क
सहकारी संस्थाले छनौटको लागि निवेदन दिनु पर्ने

(१) नेपाल सरकारबाट आर्थिक अनुदान प्राप्त गरी पसल सञ्चालन गर्न चाहने सहकारी संस्थाले देहायका विवरण खुलाई सम्बन्धित अनुगमन समिति समक्ष निवेदन दिनु पर्नेछ :–
(क) सहकारी संस्थको नाम र ठेगाना,
(ख) सहकारी संस्थाका सञ्चालकहरुको नाम, थर र ठेगाना सहितको तीनपुस्ते विवरण,
(ग) पसल सञ्चालन गर्ने स्थानको विवरण,
(घ) सहकारी संस्थाको आफ्नै भवनमा वा अरुको भवन बहालमा लिएर पसल सञ्चालन गर्ने हो सोको विवरण,
(ङ) सहकारी संस्थाले पसलमा लगानी गर्ने पूँजी रकम,

(च) पसलको प्रभाव क्षेत्र र लाभान्वित हुन सक्ने अनुमानित उपभोक्ता संख्या,
(छ) वडागत रुपमा प्रतिनिधित्व गर्ने उपभोक्ता सदस्यहरुको संख्या । (२) उपनियम (१) बमोजिम दिइने निवेदन साथ सहकारी संस्थाले देहायका कागजात संलग्न

गर्नु पर्नेछ :–
(क) सहकारी संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,
(ख) सहकारी संस्थाको विनियमको प्रतिलिपि,
(ग) पसल सञ्चालन गर्ने सम्बन्धमा साधारणसभा वा सञ्चालक समितिबाट भएको निर्णयको प्रतिलिपि,
(घ) सहकारी संस्थाको व्यावसायिक कार्य योजना,
(ङ) पसल सञ्चालन गरिने स्थानको स्केच नक्सा,
(च) अरुको भवन बहालमा लिई पसल सञ्चालन गर्ने भएमा मासिक रुपमा तिर्ने बहाल रकमको विवरण ।