दफा १५
सहकार्य गर्न सक्ने
: (१) संघीय संसद, प्रदेश सभा तथा स्थानीय तहले व्यवस्थापन विधि तथा काम कारबाहीमा सामञ्जस्यता तथा एकरुपता कायम गर्नको लागि सहकार्य गर्न सक्नेछन्‌।
(२) उपदफा (१) बमोजिम सहकार्य गर्ने प्रयोजनको लागि संघीय संसद, प्रदेश सभा तथा स्थानीय तहले आवश्यकता अनुसार सूचना आदान-प्रदान, छलफल वा परामर्श गर्न सक्नेछन्‌।