दफा १९०
सहमति भएको विषयमा फैसला गर्न सक्ने

(१) प्रतिउत्तरपत्र दाखिला भएपछि बादी र प्रतिबादीको उपस्थितिको लागि तोकिएको तारिखमा दुवै पक्षको रोहबरमाफिरादपत्र, प्रतिउत्तरपत्र तथा दाखिला भएको सबै लिखत अध्ययन गरी कुनै कुरा अस्पष्ट रहेको भए बादी रप्रतिबादीसँग त्यस्तो अस्पष्ट कुराको सम्बन्धमा आवश्यक कुरा सोधपुछ गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अध्ययन गर्दा वा सोधपुछ गर्दा दुवै पक्षको कुरा मिले वा नमिलेको विषय अदालतले यकिन गर्नुपर्नेछ ।
(३) उपदफा (२) बमोजिम यकिन गर्दा प्रतिबादीले बादीको दाबी स्वीकार गरेको देखिन आएमा अदालतले त्यस्तो मुद्दात्यसै बखत फैसला गर्न सक्नेछ ।