नियम २९
सहमति लिनु पर्ने
(१) अनुमतिपत्रवालाले उद्योगको उद्देश्यमा प्रचलित कानून बमोजिम
परिवर्तन वा संशोधन गर्नु परेमा प्राधिकरणको सहमति लिनु पर्नेछ ।
(२) अनुमतिपत्रवालाले उद्योगको स्थीर वा चालु पूँजी वृद्धि गरेमा पन्ध्र दिनभित्र
त्यसको जानकारी प्राधिकरणलाई गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम जानकारी प्राप्त भएपछि प्राधिकरणले त्यस्ता
अनुमतिपत्रवालाको अनुमतिपत्रमा सोही व्यहोरा जनाई प्रमाणित गरिदिनु पर्नेछ ।