नियम ३७
सहयोग आदान प्रदान गर्न सक्ने
(१) विभागले अन्य मुलुकको समान प्रकृतिको काम गर्ने निकायसँग अनुसन्धानसँग सम्बन्धित विषयमा आपसी सहयोग आदान प्रदान गर्ने सम्बन्धमा आवश्यक सहकार्य गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको आपसी सहयोगको प्रयोग दुई पक्षीय वा बहुपक्षीय हित हुने गरी गर्नु पर्नेछ ।