नियम २०
सहयोग गर्नु पर्ने
(१) कार्यक्रम अन्तर्गत कर्जा लिई उत्पादन गरिएका वस्तु वा सेवा जुन क्षेत्रमा उत्पादन भएको हो सोही क्षेत्रमा उपयोग गर्न वा गराउन र सो क्षेत्रमा उपयोग भई बढी हुन आएका वस्तु वा सेवालाई देशको अन्य स्थान वा विदेशमा पठाउने कार्यमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह, सहकारी संस्था र अन्य सरकारी निकायले आवश्यक सहयोग गर्नु पर्नेछ।
(२) कार्यक्रम सञ्चालन, अनुगमन तथा कर्जा असुली सम्बन्धी कार्यमा कोष तथा नेपाल सरकारका निकायलाई सम्बन्धित प्रदेश सरकार, स्थानीय तह, वित्तीय संस्था तथा सहकारी संस्थाले आवश्यक सहयोग गर्नु पर्नेछ ।