दफा १४
सहयोग गर्नु पर्ने
: (१) प्रदेश र स्थानीय तहको अधिकार सूची तथा कार्य जिम्मेवारीमा पर्ने विषयमा कानून, नीति तथा योजना तर्जुमा गर्दा प्रदेश र स्थानीय तहबाट अनुरोध भई आएमा नेपाल सरकारले आवश्यक सहयोग गर्न सक्नेछ।
(२) स्थानीय तहको अधिकार सूची तथा कार्य जिम्मेवारीमा पर्ने विषयमा कानून, नीति तथा योजना तर्जुमा गर्दा स्थानीय तहको अनुरोध भई आएमा प्रदेश सरकारले आवश्यक सहयोग गर्न सक्नेछ।
(३) नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई कानून बनाउनको लागि नमूना कानूनको मस्यौदा बनाई उपलब्ध गराउन सक्नेछ ।
(४) संघले बनाएका कानून, नीति तथा योजना कार्यान्वयन गर्दा प्रदेश सरकार र स्थानीय तहले आवश्यक सहयोग गर्नु पर्नेछ।
(५) प्रदेश र स्थानीय तहको अधिकार सूची तथा कार्य जिम्मेवारीमा पर्ने विषयमा प्रदेश र स्थानीय तहले बनाएको कानून, नीति तथा योजना कार्यान्वयन गर्दा नेपाल सरकारले आवश्यक सहयोग गर्नु पर्नेछ।