दफा ११९
सहयोग माग गर्न सक्ने
: (१) व्यवस्थापन समितिले आफ्नो काम, कर्तव्य र अधिकार प्रयोग गर्दा आवश्यकता अनुसार अन्य निकायको सहयोग माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम व्यवस्थापन समितिले माग गरेको सहयोग उपलब्ध गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
(३) व्यवस्थापन समितिले समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन वा दायित्व भुक्तानी गर्दा सम्बन्धित निकायहरूसँग समन्वय गरी आफ्नो काम कारबाही अगाडि बढाउन सक्नेछ ।