दफा ४१
सहयोग लिन सक्ने
(१) मतदाता नामावली तयार गर्ने सिलसिलामा आयोग तथा नाम दर्ता अधिकारीले आवश्यकता अनुसार नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहको अनुदानमा सञ्चालित संस्था, निकाय वा राजनीतिक दल वा सामाजिक संघ, संस्था तथा अन्य निकाय र कुनै पनि व्यक्तिकोसहयोग लिन सक्नेछ ।
(२) मतदाता नामावली तयार गर्दा उपदफा (१) बमोजिमको आवश्यक सहयोग उपलब्ध गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।