दफा ५९
सहयोग लिन सक्ने
(१) कोषले यस ऐन बमोजिम कार्यसम्पादन गर्दा आवश्यकता अनुसार रोजगारदाता
वा श्रमिकसँग सम्बन्धित पेशागत तथा व्यावसायिक सङ्गठन, स्थानीय प्रशासन, सम्बद्ध निकाय तथा
पदाधिकारीसँग आवश्यक सहयोग माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सहयोग माग भएमा आवश्यक सहयोग गर्नु सम्बन्धित निकाय तथा
पदाधिकारीको कर्तव्य हुनेछ ।