दफा ४०
सहयोग समिति
यस ऐन बमोजिम मतदाता नामावली वा अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यमा सहयोग पुर्याउन आयोगले स्थानीयस्तरमा राजनीतिक दलका प्रतिनिधि लगायतका सरोकारवाला रहने गरी सहयोग समिति गठन गर्न सक्नेछ ।