दफा ११
साँचो सूचना दिनेलाई इनाम

दफा ४ बमोजिम विवरण दाखिल गर्नु गराउनु पर्ने कर्तव्य भएका कुनै व्यक्तिले सो नगरे नगराए वा झुट्टा विवरण दाखिल गरे गराएको कुराको साँचो सूचना दिने व्यक्तिलाई सो कुरा ठहर भए पछि दोषि व्यक्तिबाट असूल उपर भएमा विदेशी लगानी करको अङ्कको सयकडा २० बीस नेपाल सरकारको आदेशले इनामको रूपमा दिनेछ ।