नियम १०क
साइनबोर्ड र मूल्य सूची राख्नुपर्ने
प्राइभेट फर्म दर्ता भएपछि त्यस्तो प्राइभेट फर्मको धनीले आफ्नो फर्मको नाम, ठेगाना, दर्ता नं. र मिति प्रष्ट रुपमा उल्लेख भएको साइनबोर्ड र आफूले कारोबार गर्ने बस्तु वा सेवाको प्रचलित कानून बमोजिमको मूल्य सूची कारोबार स्थलमा राख्नु पर्नेछ ।