दफा २६०
साक्षी बकाउने वा प्रमाण पेश गर्ने सम्बन्धी व्यवस्था

(१) दफा २५४ बमोजिम मुद्दा दायर भएकोमा सो सम्बन्धमा जाहेरी दिने वा सूचना दिने व्यक्ति बादी पक्षको साक्षीमानिनेछ ।
(२) दफा २५४ बमोजिम दायर भएका मुद्दा र नेपाल सरकार वा प्रदेश सरकार प्रतिबादी भएको अन्य देवानी मुद्दाको साक्षीवा प्रमाण अदालतले खोजेको दिन सरकारी वकिल मार्पmत उपस्थित वा उपलब्ध गराउने कार्य सम्बन्धित अधिकारीकोहुनेछ ।
(३) दफा २५४ बमोजिम दायर भएका मुद्दा र नेपाल सरकार वा प्रदेश सरकारलाई सरोकार पर्ने अन्य जुनसुकै देवानीमुद्दामा साक्षी बकाउने वा प्रमाण पेश गर्ने काम सरकारी वकिलले गर्नेछ ।
(४) दफा २५४ बमोजिम दायर भएका मुद्दामा कुनै साक्षीलाई नबुझी नहुने भएमा फौज्दारी मुद्दामा नबुझी नहुनेसाक्षीलाई झिकाए सरह झिकाई बुझ्न सकिनेछ ।