दफा २४क
साझेदारी वन
: प्रदेश सरकारले देहायका उद्देश्यहरुको लागि सरकारद्वारा व्यवस्थित वनको कुनै भागलाई डिभिजन वन कार्यालय, स्थानीय तह र वन उपभोक्ताको साझेदारीमा तोकिए बमोजिम व्यवस्थापन गर्न सक्नेछ ।
(क) वनको विकास र दिगो व्यवस्थापन गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन,
(ख) वन क्षेत्रबाट टाढा रहेका उपभोक्तालाई वन संरक्षणको कार्यमा सहभागी गराई त्यस्ता उपभोक्तालाई वन पैदावार आपूर्तिको व्यवस्था गर्न,
(ग) वन क्षेत्रको उत्पादकत्वमा अभिवृद्धि गर्न,
(घ) जैविक विविधता तथा जलाधार क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न,
(ङ) स्थानीय जनताको जिविकोपार्जनमा सुधार ल्याउन ।