नियम
साथमा राख्न वा लैजान निषेध गरिएका वस्तुहरु

७. साथमा राख्न वा लैजान निषेध गरिएका वस्तुहरु

कुनै व्यक्तिले निकुञ्जभित्र प्रवेशगर्दा वा रहँदा वा नियम २० अन्तर्गत तोकिएको बाटोबाठ हिँड्दा संरक्षकको लिखित अनुमति बिना देहायका चिजवस्तुहरु साथमा लैजान, राख्न वा प्रयोग गर्न पाउने छैन ः–

(क) हातहतियार, खरखजाना, विष, विष्फोटक पदार्थ वा सो प्रयोग गर्ने साधनहरु,
(ख) आखेटोपहार वा कुनै वन्यजन्तुको सुकेको वा आलो मासु,
(ग) धनुषवाण, भाला, जाल, पासो, धराप, गुलेली वा चोट पु¥याउन सकिने अन्य यस्तै वस्तुहरु । तर राजमार्गबाट सवारी साधनद्वारा यात्रा गर्ने यात्रुहरुले इजाजत प्राप्त हातहतियार साथमा लैजान कुनै बाधा पर्ने छैन ।