नियम १८
साधारण सभा सम्बन्धी विशेष व्यवस्था
: (१) ऐनको दफा ४० को उपदफा (५) मा उल्लिखित सदस्य सङ्ख्या भएको संस्थाको साधारण सभा एकै स्थानमा गर्न असुविधा हुने देखी समितिले साधारण सभाको लागि तय भएका समान कार्यसूचीउपर छलफल गर्न साधारण सभा बोलाउन सक्नेछ । (२) उपनियम (१) बमोजिम बोलाइएको साधारण सभामा सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका सदस्यको उपस्थितिमा उपनियम (५) बमोजिमको एकाइमा रहेका बहुमत सदस्यहरुको उपस्थितिमा त्यस्तो साधारण सभाको लागि तय भएका समान कार्यसूचीउपर छलफल गरी कम्तीमा बहुमत सदस्यको निर्णय बमोजिम साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्न बिनियममा उल्लेख भए बमोजिमको सङ्ख्यामा प्रतिनिधि छनौट गर्नु पर्नेछ ।
(३) उपनियम (२)- बमोजिम छनौट भएका प्रतिनिधिहरुले साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्न सक्नेछन् ।
(४) उपनियम (३) बमोजिम साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्ने सम्बन्धमा छनौट भएका प्रतिनिधिहरुकाबीच “मतैक्यता हुन नसकेमा उपस्थित प्रतिनिधिहरुको बहुमतबाट भएको निर्णय बमोजिम हुनेछ ।
(५) उपनियम (१) बमोजिम हुने साधारण सभाको बैठक देहाय बमोजिम गराउनु पर्नेछ :-
(क) संस्थाको कार्यक्षेत्रलाई बिभिन्न एकाइमा सदस्य सङ्ख्याको आधारमा विभाजन गर्ने,
(ख) सम्बन्धित एकाइमा रहेका सदस्य सङ्ख्याको आधारमा प्रतिनिधि सङ्ख्या यकिन गर्ने,
(ग) यकिन भएको सङ्ख्याको आधारमा प्रतिनिधि चयन गर्ने, र (घ) साधारण सभाको समान: कार्य सूचीमा एकाइमा रहेका सदस्यहरू बीच छलफल गर्ने र एकाइमा रहेका सदस्यहरूको धारणाको प्रतिनिधित्व चयन भएका प्रतिनिधिले गर्ने ।
(६) उपनियम (१) बमोजिम हुने साधारण सभाको वैठकमा सहभागिता सम्बन्धी अन्य व्यवस्था विनियममा भएको व्यवस्था बमोजिम हुनेछ ।