दफा १३७
सामाजिक परीक्षण गराउन सक्ने
: (१) सहकारी संस्थाले विनियममा उल्लिखित उद्देश्य प्राप्‍त गर्नका लागि समितिबाट भएका निर्णय र कार्य, सदस्यहरूले प्राप्‍त गरेका सेवा र सन्तुष्टिको स्तर, सेवा प्राप्‍तिबाट सदस्यहरूको जीवनस्तरमा आएको आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय पक्षमा सकारात्मक परिवर्तन लगायतका विषयमा सामाजिक परीक्षण गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम भएको सामाजिक परीक्षणको प्रतिवेदन छलफलको लागि समितिले साधारण सभा समक्ष पेश गर्नेछ ।
(३) उपदफा (२) बमोजिम पेश भएको सामाजिक परीक्षण प्रतिवेदन छलफल गरी साधारण सभाले आवश्यकता अनुसार समितिलाई निर्देशन दिन सक्नेछ ।
(४) यस दफा बमोजिमको सामाजिक परीक्षण प्रतिवेदनको एक प्रति सम्बन्धित सहकारी संस्थाले रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीसमक्ष तथा सहकारी बैङ्कको हकमा नेपाल राष्ट्र बैङ्क समक्ष समेत पेश गर्नु पर्नेछ ।