दफा ४१
सामाजिक सुरक्षा नम्बर निर्धारण
(१) समितिले सामाजिक सुरक्षामा आवद्ध हुने प्रत्येक योगदानकर्ताका
लागि तोकिएको अङ्कको सामाजिक सुरक्षा नम्बर निर्धारण गर्नेछ ।
(२) कोषमा सूचीकृत हुने योगदानकर्तालाई समितिले उपदफा (१) बमोजिमको सामाजिक सुरक्षा
नम्बर सहितको परिचयपत्र निशुल्क प्रदान गर्नेछ ।
(३) उपदफा (२) बमोजिमको परिचयपत्रको ढाँचा तोकिए बमोजिम हुनेछ ।
(४) यस ऐन बमोजिम योगदानकर्ताले प्राप्त गर्ने सामाजिक सुरक्षा उपदफा (२) बमोजिमको
सामाजिक सुरक्षा नम्बर सहितको परिचयपत्रको आधारमा प्राप्त हुनेछ ।
(५) उपदफा (१) बमोजिमको सामाजिक सुरक्षा नम्बरको आधारमा कोषलाई आवश्यक पर्ने
योगदानकर्ताको सामाजिक सुरक्षा, आय तथा रोजगारी लगायतका सूचनाहरुको अभिलेख राखिनेछ ।