दफा १२क
सामाजिक सुरक्षा नलिनेलाई सम्मान
दफा १२ को उपदफा (६) वा (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन-बमोजिम सामाजिक सुरक्षा पाउने व्यक्तिले त्यस्तो सामाजिक सुरक्षा नलिने स्वेच्छिक घोषणा गरेमा त्यस्तो व्यक्तिलाई प्रशंसापत्रसहित तोकिए बमोजिम सम्मान गरिनेछ ।