नियम ७
सामाजिक सुरक्षा भत्ता रोज्न सक्ने
ऐन बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सक्ने नेपाली नागरिकले एक भन्दा बढी सामाजिक सुरक्षा भत्ता पाउन सक्ने अवस्था भएमा नियम ५ बमोजिम निवेदन दिँदा ऐनको दफा ३ मा उल्लिखित सामाजिक सुरक्षा भत्तामध्ये कुनै एक प्रकारको भत्ता छनौट गरी निवेदन दिनु पर्नेछ ।
तर ऐनको दफा ९ बमोजिम बालबालिकाले पाउने बालपोषण भत्ताको हकमा यो व्यवस्था लागू
हुने छैन ।
तर ऐनको दफा ९ बमोजिम बालबालिकाले पाउने बालपोषण भत्ताको हकमा यो व्यवस्था लागू
हुने छैन ।