नियम १५
सामाजिक सुरक्षा योजनामा सहभागिता
१५. सामाजिक सुरक्षा योजनामा सहभागिता
(१) कोषले नेपाल सरकारको स्वीकृति लिई स्वेच्छिक रुपमा सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने गरी सार्वजनिक सूचना
प्रकाशन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्रकाशन गरेकोमा कोषले तोकेको शर्त र प्रकृया पूरा गरी कुनै निकाय, बोर्ड, समिति, केन्द्र, सार्वजनिक संस्थान तथा निजी क्षेत्रको प्रतिष्ठानमा कार्यरत व्यक्तिहरुले सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्नेछ ।