दफा ३०
सामाजिकीकरण गराउनु पर्ने
(१) यस ऐन तथा अन्य कानूनमा जुनसुकै कुरा उल्लेख भए तापनि एक वर्षभन्दा बढी अवधिको कैद सजाय पाई कैद भुक्तान गरिरहेको र राम्रो आचरण भएको कसूरदारलाई निजलाई तोकिएको कैद अवधि भुक्तान हुनुभन्दा छ महिना अगाडि देहायको कामको लागि कारागारले मासिक वा दैनिक रुपमा कारागारबाट छोड्न सक्नेछः–
(क) पारिवारिक पुनर्मिलन,
(ख) सामाजिक, साँस्कृतिक सम्बन्ध स्थापना,
(ग) सामाजिक एकीकरण तथा पुनस्र्थापना,
(घ) व्यवसाय वा रोजगारी गर्न,
(ङ) सीपमूलक वा रोजगारमूलक तालिम लिन ।
(२) उपदफा (१) बमोजिम कारागारबाट छोड्दा त्यस्तो कसूरदारले पालना गर्नु पर्ने शर्तहरु समेत तोकिदिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम छोड्दा त्यस्तो काममा बिताउनु पर्ने अवधि र समय समेत खुलाउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम छोडिएको व्यक्तिले आफूले गरेको कामको सम्बन्धमा साप्ताहिक रुपमा सम्बन्धित कारागारमा प्रतिवेदन पठाउनु पर्नेछ ।
(५) उपदफा (१) बमोजिम छोडिएको व्यक्तिले उपदफा (२) मा उल्लिखित शर्त पूरा नगरेमा वा त्यस्तो अवधिमा कुनै कसूर गरेमा निजले पुन कारागारमा नै बसी बाँकी कैद अवधि भुक्तान गर्नु पर्नेछ ।