नियम
सामान्य प्रशासन मन्त्रालयसँग परामर्श
देहायका विषयमा निर्णय गर्दा सामान्य प्रशासन मन्त्रालयसँग परामर्श
गर्नु पर्नेछ ः—
(क) निजामती कर्मचारीको नियुक्ति प्रक्रिया र सेवाको शर्त निर्धारण गर्ने तथा यस बाहेक अन्य कुरा
निजहरु उपर सामान्य रुपमा लागू गर्ने वा गराउने,
(ख) निजामती कर्मचारीको नियुक्ति वा सेवाको शर्तसम्बन्धी सामान्य रुपमा लागू हुने किसिमका कानून
तथा आदेशको व्याख्या गर्ने,
तर, सामान्य प्रशासन मन्त्रालयले त्यस्तो कानून तथा आदेशको व्याख्या गर्दा कानून,
न्याय तथा संसदीय मामिला मन्त्रालयसँग परामर्श गर्नु पर्नेछ ।
(ग) मन्त्रालय तथा सो मातहतका कार्यालयको सङ्गठन, व्यवस्थापन तथा पदको दरबन्दीमा थपघट गर्ने ।
(घ) स्थानीय तहको काम, कर्तव्य, अधिकार, उत्तरदायित्व र कार्यक्षेत्र निर्धारण गर्ने।