दफा ३४
सामुदायिक मेलमिलाप
(१) समुदायमा आधारित मेलमिलापद्वारा विवादको निरुपण गर्न सहज पुर्याउँदा आवश्यक संख्यामा मेलमिलापकर्ता रहने छन्।
(२) उपदफा (१) बमोजिमका मेलमिलापकर्ताले पक्षहरुलाई विवाद समाधान गर्न सहायता पुर्याउनेछन्।
(३) उपदफा (२) बमोजिम सहायता पुर्याउँदा विवादका पक्षहरुलाई आपसमा सहमति कायम गर्न, विवादलाई एक अर्कालाई मान्य हुने गरी सम्झौता गर्न र समुदायमा आधारित मेलमिलापद्वारा भएको विवादको समाधानलाई हारजीतको रुपमा नलिन उत्प्रेरण गर्नेछन्।
(४) समुदायमा आधारित मेलमिलापकर्तालाई विवाद समाधान गर्न सघाउ पुर्याउने कार्यमा स्थानीय स्तरमा कार्यरत गैर सरकारी संस्थाले आवश्यक प्राविधिक र अन्य सहयोग गर्न सक्नेछन्।
(५) समुदायमा आधारित मेलमिलापद्वारा विवाद समाधान गर्ने प्रयोजनको लागि सम्बन्धित समुदायका सदस्यहरुको भेलाले आवश्यक कार्यविधि तय गर्न सक्नेछ ।
(६) समुदायमा आधारित मेलमिलापद्वारा विवाद समाधान गर्दा मेलमिलापद्वारा समाधान गरिएको परिणाम लिखित रुपमा स्थानीय तहमा अभिलेख गर्न सकिनेछ ।
(७) समुदायमा आधारित मेलमिलापद्वारा विवाद समाधान गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।