दफा ३०क
सामुदायिक वनको विकासको लागि खर्च गर्नु पर्ने
सामुदायिक वन उपभोक्ता समूहले कार्य योजना बमोजिम आर्जन गरेको आयबाट कम्तीमा पच्चीस प्रतिशत रकम सामुदायिक वनको विकास, संरक्षण र व्यवस्थापन कार्यमा खर्च गर्नु पर्नेछ र बाकी रकम अन्य विकास कार्यको लागि खर्च गर्न सक्नेछ ।