नियम ३३
सार्वजनिक गर्न सक्ने

केन्द्रले ऐन तथा यस नियमावली बमोजिम सम्पादन गरेको काम कारबाही र दिएको निर्देशन, आयोजना प्रमुख वा अन्य कर्मचारीलाई विभागीय कारबाहीको लागि लेखी पठाएको विषय, नेपाल सरकारलाई दिइएको सुझाव र कानून बमोजिम सार्वजनिक गर्न बाधा नपर्ने विषयहरु विभिन्न सञ्चार माध्यम मार्फत सार्वजनिक गर्न सक्नेछ ।