दफा २३
सार्वजनिक प्रदर्शन गर्न पाउने
दफा ७ को खण्ड (ज) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कुनै रचना वा रचनाको प्रतिलिपिको सार्वजनिक प्रदर्शन गर्न चाहेमा रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति विना त्यस्तो रचना वा रचनाको प्रतिलिपिको सार्वजनिक प्रदर्शन गर्न पाउनेछ ।
तर त्यस्तो प्रदर्शन चलचित्र, स्लाइड, टेलिभिजन वा पर्दा वा अन्य किसिमको यन्त्रको सहायता बिना नै गरिएको हुनु पर्नेछ ।