दफा
सार्वजनिक संस्थामा भएको अनुचित कार्यको सम्बन्धमा आयोगले कारवाई गर्ने बारे
  कुनै सार्वजनिक संस्थामा भएको अनुचित कार्यको सम्बन्धमा आयोगले आफू समक्ष प्रतिवेदन पेश गर्नु पर्ने गरी आयोगमा परेको उजुरीमा कारवाई गर्नको लागि अवस्था अनुसार सम्बन्धित सार्वजनिक संस्था वा सो सित सम्बन्धित माथिल्लो निकायमा पठाउन सक्नेछ र त्यस सम्बन्धमा भएको कारवाई र निर्णयको जानकारी त्यस्तो निकायले आयोग र उजूरवालालाई दिनु पर्नेछ ।
तर आयोगले आवश्यक देखेमा त्यस्तो उजुरीको सम्बन्धमा पुन छानविन गराउन वा आफैंले कारवाई गर्न सक्नेछ ।