दफा ४८
साहूले दाबी पेश गर्नु पर्न
: (१) दामासाहीमा परेको कम्पनीको साहूले पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले तोकेको म्यादभित्र तोकिएको ढाँचामा त्यस्तो कम्पनीले भुक्तानी गर्न बाँकी रहेको वा भुक्तानीयोग्य ऋणको दाबी पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको दाबी पेश गर्दा साहूले त्यस्तो दाबीलाई पुष्टी गर्ने कुनै सबुद प्रमाण पुनर्संरचना व्यवस्थापक वा लिक्विडेरले माग गरेमा सोसमेत पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम पेश भएको दाबीलाई पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले जाँचबुझ गरी पूरा वा आंशिकरूपमा स्वीकार वा इन्कार गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले ऋणको दाबी पूरै वा आंशिकरूपमा इन्कार गरेमा सोको कारणसहितको लिखित जानकारी दाबी पेश गर्ने साहूलाई सात दिनभित्र दिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम प्राप्त गरेको जानकारीमा चित्त नबुझ्ने साहूले पन्ध्र दिनभित्र पुनरावेदन अदालतमा पुनरावलोकनको लागि निवेदन गर्न सक्नेछ ।
(६) प्रचलित कानुनबमोजिम कम्पनीलाई ऋण दिने विदेशी साहूले पनि कम्पनीउपर ऋण दाबी भए यस दफाबमोजिम दाबी पेश गर्न सक्नेछ ।