दफा ८
सिफारिस समिति
: (१) पदाधिकारी तथा सभामा मनोनयन हुने सदस्यको नियुक्ति वा मनोनयनको लागि प्रधानमन्त्री समक्ष नाम सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समिति रहनेछ ः-
(क) संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री – अध्यक्ष
(ख) ललितकलाको क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरुमध्येबाट प्रधानमन्त्रीले तोकेकोे दुईजना – सदस्य
(२) उपदफा (१) बमोजिमको समितिले सभाको सदस्यमा मनोनयनको लागि नाम सिफारिस गर्दा ललितकलाको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरेका वा सो विधामा ख्यातिप्राप्त व्यक्तिहरुमध्येबाट सम्भव भएसम्म ललितकलाको विभिन्न विधा र क्षेत्रको प्रतिनिधित्व हुने र सबै जाति, लिङ्ग, भाषाभाषी समेतलाई समेट्ने गरी नाम सिफारिस गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको समितिले पदाधिकारीको नियुक्तिको लागि नाम सिफारिस गर्दा सभाका मनोनीत सदस्यहरुमध्येबाट गर्नेछ ।
(४) उपदफा (१) बमोजिमको समितिले सिफारिस गर्ने सम्बन्धमा अवलम्बन गर्ने कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।