दफा २२
सिफारिस समिति
(१) कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समिति रहनेछ:-
(क) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य –संयोजक
(ख) अर्थशास्त्र, व्यवस्थापन, वित्त, कानून,स्वास्थ्य अर्थशास्त्र तथा बीमा विषयमास्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धितक्षेत्रमा कम्तीमा सात वर्षको अनुभव प्राप्त व्यक्तिहरू मध्येबाट मन्त्रालयले मनोनित गरेको एक जना –सदस्य
(ग) सचिव, मन्त्रालय –सदस्य–सचिव
(२) उपदफा (१) बमोजिमको समितिले तोकिए बमोजिम खुल्ला प्रतिस्पर्धाको आधारमा कार्यकारी निर्देशकको पदमा नियुक्तिको लागि दफा २१ बमोजिमको योग्यता पुगेको व्यक्तिमध्येबाट तीन जना व्यक्तिको नाम सिफारिस गर्नेछ ।
(३) उपदफा (२) बमोजिम सिफारिस भएका व्यक्तिहरू मध्येबाट एक जनालाई नेपाल सरकारले कार्यकारी निर्देशकको पदमा नियुक्ति गर्नेछ ।
(४) उपदफा (१) बमोजिमको समितिको कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।