दफा १८
सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट)
(१) पानीजहाजमा काम गर्न जाने नेपाली नागरिकलाई विभाग वा नियोगले सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) जारी गर्न सक्नेछ।
(२) साधारण राहदानीवाहकले पानीजहाजमा काम गर्न जाने प्रयोजनको लागि विभाग वा नियोगमा सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) को लागि तोकिए बमोजिमका कागजात संलग्न गरी निवेदन दिएमा तोकिएका शर्तको अधीनमा रही विभाग वा नियोगले सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) जारी गर्नेछ।