नियम ७
सुत्केरी सेवा प्रदान गर्ने
(१) प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाले चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम सुत्केरी महिलालाई सुत्केरी सेवा प्रदान गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाले सुत्केरी भएको कम्तीमा चौबीस घण्टा, तीन दिन, सात दिन र बयालीस दिनभित्र नवजात शिशु सहित सुत्केरी महिलाको स्वास्थ्य जाँच गर्नु पर्नेछ।
(३) प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाले सुत्केरी महिला तथा नवजात शिशुलाई चौबीस घण्टासम्म निगरानीको व्यवस्था मिलाउनु पर्नेछ ।
(४) प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाले सुत्केरी महिलालाई उपचाररत रहँदा र डिस्चार्ज गर्दा देहाय बमोजिमको परामर्श सेवा अनिवार्य रुपमा उपलब्ध गराउनु पर्नेछः-
(क) पोषणयुक्त सन्तुलित आहार सम्बन्धी,
(ख) स्तनपान सम्बन्धी,
(ग) परिवार नियोजन सम्बन्धी,
(घ) खोप सेवा सम्बन्धी,
(ङ) हिँडडुल सम्बन्धी,
(च) आमा र शिशुको स्वास्थ्य जटिलता सम्बन्धी,
(छ) पारिवारिक र मनोसामाजिक परामर्श,
(ज) उपनियम (२) बमोजिम स्वास्थ्य जाँच गर्न आउनु पर्ने समय सम्बन्धी ।