दफा २६८
सुनुवाई खुला इजलासमा गर्नु पर्ने

(१) अदालतले मुद्दाको सुनुवाई खुला इजलासमा गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पारिवारिक सम्बन्ध, नाता कायम, विवाह वा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा बन्द इजलासबाट सुनुवाई हुनु पर्ने कारण खुलाई मुद्दाको पक्षले दिएको निवेदनको व्यहोरामनासिब देखिएमा वा अदालतले बन्द इजलासबाट नै कुनै मुद्दाको सुनुवाई हुन मनासिब देखेमा अदालतले त्यस्तोमुद्दा बन्द इजलासमा सुनुवाई गर्न आदेश दिनेछ ।
(३) उपदफा (२) बमोजिम बन्द इजलासबाट सुनुवाई गर्ने आदेश भएकोमा त्यस्तो इजलासमा मुद्दाका पक्ष वा निजको वारिस,पक्षबाट नियुक्त भएका कानून व्यवसायी, न्यायाधीशले आदेश दिएका व्यक्ति वा कर्मचारी बाहेक अन्य व्यक्तिकोप्रवेश निषेध गरिनेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक सुरक्षाको कारणले कुनै व्यक्तिलाई इजलासमा प्रवेशगर्न रोक लगाउन मनासिब देखेमा अदालतले त्यस्तो व्यक्तिलाई इजलासमा प्रवेश गर्न रोक लगाउन सक्नेछ ।