दफा १०
सुनुवाई जारी गरी निर्णय गर्नुपर्ने
: (१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले यस परिच्छेदबमोजिम पर्न आएको निवेदनउपर सुनुवाई गर्न तोकिएको दिनमा सुनुवाई प्रारम्भ भएपछि सोको अन्तिम किनारा नभएसम्म सुनुवाई जारी राख निर्णय गर्नु पर्नेछ ।
तर सुनुवाई भएको दिन समयाभावले गर्दा सुनुवाई पूरा गर्न वा निर्णय गर्न नभ्याएमा अदालत खुलेको दिन सो विषयमा सुनुवाई जारी गर्न यस व्यवस्थाले बाधा पुर्याउने छैन ।
(२) उपदफा (१) बमोजिमको सुनुवाई पूरा भएपछि अदालतले कम्पनीका सम्बन्धमा दामासाहीसम्बन्धी कारबाही प्रारम्भ गर्ने वा नगर्ने आदेश दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम आदेश दिँदा अदालतले दामासाहीसम्बन्धी जाँचबुझ गर्ने प्रयोजनका लागि दामासाहीसम्बन्धी व्यवसायीलाई जाँचबुझ अधिकारीको रूपमा नियुक्ति गर्ने आदेश दिनेछ ।
(४) उपदफा (३) बमोजिम जाँचबुझ अधिकारी नियुक्ति गर्दा सो प्रयोजनको लागि कार्यालयले स्वीकृत गरेको सूचीमा नाम समावेश भएका व्यक्तिहरूमध्ये अदालतले उपयुक्त ठहराएको व्यक्तिलाई नियुक्ति गर्नु पर्नेछ ।