नियम ११
सुपथ मूल्यमा उपलब्ध गराउनु पर्ने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित जिल्ला विकास समितिको कार्यालयबाट वितरण गरिएको उपभोक्ता कार्डको आधारमा गरिबीको
रेखामुनि रहेका परिवारलाई पसलबाट अत्यावश्यक दैनिक उपभोग्य वस्तु अनुगमन समितिले निर्धारण गरेको सुपथ मूल्यमा उपलब्ध गराउनु पर्नेछ ।