दफा ४
सुरक्षा माग गर्न सक्ने
(१) कसैले कुनै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी उपर वा स्वास्थ्य संस्थामा दफा ३ विपरीतको
कुनै काम कारबाही गरेमा वा गर्न लागेमा त्यस्तो स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले स्थानीय
प्रशासनसँग सुरक्षाको माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सुरक्षाको माग भएमा स्थानीय प्रशासनले तुरुन्त सुरक्षाका
व्यवस्था गरिदिनु पर्नेछ ।
(३) कुनै ठाउँ र अवस्थालाई विचार गर्दा कुनै स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवामा
अवरोध पुग्न जाने भई स्थायी रुपमा सुरक्षाको व्यवस्था गर्न समितिबाट लेखी आएमा नेपाल
सरकारले त्यस्तो स्वास्थ्य संस्थामा स्थायी रुपमा सुरक्षाको व्यवस्था गर्न सक्नेछ ।
(४) स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम
हुनेछ ।