(१) ऐनको दफा ४ बमोजिम स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले सुरक्षाको माग गर्नु परेमा सुरक्षा माग गर्नु पर्नाको कारण सहित तत्काल छिटो तथा प्रभावकारी माध्यमबाट स्थानीय प्रशासनसंग सुरक्षा माग गर्नु पर्नेछ ।
(२) उपनियम ९१० बमोजिम कुनै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले सुरक्षा माग गरेमा स्थानीय प्रशासनले तत्कालीन अवस्थाको मूल्यांकन गरी मनासिव अवधिको लागि त्यस्तो स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको निमित्त आवश्यकत अनुसार सुरक्षाकर्मी समेत खटाई सुरक्षाको व्यवस्था गरिदिनु पर्नेछ ।
(३) उपनियम ९२० बमोजिम स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको सुरक्षाको लागि सुरक्षाकर्मी खटाउनु परेमा वा ऐनको दफा ४ को उपदफा ९३० बमोजिम कुनै स्वास्थ्य संस्थामा स्थायी सुरक्षाको व्यवस्था गर्नु परेमा सो प्रयोजनको लागि खटिने सुरक्षाकर्मीको लागि खाने तथा बस्ने व्यवस्था सम्बन्धित स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले गर्नु पर्नेछ ।