दफा २१
सुरक्षित दायित्व
(१) दफा २० बमोजिम सृजना भएको धितोको हकले एक वा एकभन्दा बढी सामान्य वा विशेषरुपमा उल्लेख गरिएका दायित्वहरु सुरक्षित गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिमको सुरक्षित दायित्व मौद्रिक वा गैरमौद्रिक हुन सक्नेछ । (३) धितोको हकले भावी दायित्व पनि सुरक्षित गर्न सक्नेछ । त्यस्तो दायित्व बाध्यात्मक, शर्त सहितको वा स्वेच्छिक हुन सक्नेछ । (४) धितोको हकले पहिले नै कायम रहेका दायित्वहरुलाई समेत सुरक्षित गर्न सक्नेछ ।