दफा ५४
सुरक्षित साहूले दाबी गर्न सक्ने
: (१) सुरक्षित साहूले कुनै पनि बखत कम्पनीउपर ऋणको
दाबी गर्न सक्नेछ र पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले दफा ४८ को उपदफा (३) बमोजिम उक्त दाबी स्वीकार वा इन्कार गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दाबी गरिने रकम सुरक्षणमा रहेको सम्पत्तिको बजारमूल्यबाट प्राप्त रकम र सुरक्षित साहूले कम्पनीबाट भुक्तानी पाउनु पर्ने बाँकी रकमको फरक रकममा मात्र सीमित रहनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सुरक्षित सम्पत्तिको मूल्य र भुक्तानी पाउनु पर्ने बाँकी रकमबीच फरक भएको रकमका सम्बन्धमा सुरक्षित साहू र दामासाहीमा परेको कम्पनीबीच विवाद भएमा सो विषयमा चित्त नबुझ्ने पक्षले अदालतमा निवेदन दिन सक्नेछ र यसरी परेको निवेदनउपर विचार गरी अदालतले त्यस्तो फरक रकमको निर्धारण गरि दिन सक्नेछ ।