दफा २९
सुरक्षित साहूहरूको हकमा असर नपर्ने
: (१) यस परिच्छेदबमोजिम साहूको सभाबाट पारित भई अदालतबाट स्वीकृत भएको पुनर्संरचना कार्यक्रमले देहायका अवस्थामा बाहेक सुरक्षित साहूलाई सुरक्षण चलन गर्न वा अन्य कुनै किसिमले कारोबार गर्न बाधा पुर्याउने छैन :-
(क) सुरक्षित साहूले पुनर्संरचना कार्यक्रमको पक्षमा मतदान गरेमा वा अन्य कुनै तरिकाले त्यस्तो कार्यक्रम आफूलाई मान्य हुने गरी आफ्नो सहमति दिएमा, वा
(ख) सुरक्षित साहूलाई सो कार्यक्रम बाध्यात्मक हुने भनी अदालतले आदेश दिएमा ।
(२) अदालत देहायका कुरामा सन्तुष्ट भएमा उपदफा (१) को खण्ड (ख) बमोजिमको आदेश दिन सक्नेछ ः-
(क) सुरक्षित साहूले आफूले लिएको सुरक्षण चलन चलाउँदा पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्दा हुने उपलब्धिमा आधारभूतरूपमा प्रतिकूल असर पर्न सक्ने भएमा,
(ख) त्यस्तो कार्यक्रमले सुरक्षित साहूको सुरक्षणमाथि रहेको हक र सुरक्षणको पर्याप्तरूपमा संरक्षण हुने भएमा ।