दफा ११७
सूचना दिनु पर्ने
: लेखापरीक्षकले दिएको प्रतिवेदनको प्रतिलिपि यस ऐनमा गरिएको व्यवस्थाको अधीनमा रही कम्पनीले शेयरधनीहरुलाई उपलब्ध गराउनु पर्नेछ । त्यस्तो कम्पनीमा आधिकारिक ट्रेड युनियनको व्यवस्था भएको रहेछ भने त्यस्तो टे«ड युनियनको लिखित अनुरोधमा कम्पनीले सो टेड युनियनलाई प्रतिवेदनको एकप्रति उपलब्ध गराउनु पर्नेछ ।