दफा
सूचना दिने र जग्गामा प्रवेश गरी काम शूरू गर्ने

ः (१) कुनै जग्गामा नियन्त्रण विन्दु स्थान खडा
गर्न परेमा वा कुनै जग्गा नापी वा जाँच गर्न परेमा कमसेकम पन्ध्र दिन अगावै नियन्त्रण विन्दु
स्थान खडा हुने वा नाप जाँच हुने जग्गाको जग्गावाला, मोही, सँधियारहरू, सम्बन्धित जिमिदार,
पटवारी र
गाउँपालिका वा नगरपालिकालाई सूचना दिनुपर्छ ।
स्पष्टीकरणः यस उपदफाको तात्पर्यको लागि कुनै जग्गावाला मोही सँधियार जिमिदार र
पटवारीलाई सूचना दिंदा त्यसरी नियन्त्रण विन्दु स्थान खडा हुने वा नाप जाँच हुने जग्गा
भएको क्षेत्रको वा सो जग्गावाला वा मोही बसेको क्षेत्रको धेरै जनाको आवत–जावत हुने
मुख्य ठाउँहरूमा सो कुराको सूचना टाँसी दिनु पर्याप्त हुनेछ ।
तर गाउँपालिका वा नगरपालिकालाई लिखित सुचना दिनुपर्छ ।
(२) कुनै जग्गामा नियन्त्रण विन्दु स्थान खडा गर्दा वा जग्गा नाप जाँच गर्दा जग्गावाला
वा निजको प्रतिनिधि, मोही, सम्बन्धित जिमिदार पटवारी, सँधियार र सम्बन्धित 
गाउँपालिका वा
नगरपालिकाको प्रतिनिधि समेत राखी गरिनेछ ।
तर उपदफा (१) बमोजिमको सूचनाले दिएको म्यादभित्र कुनै जग्गावाला वा निजको
प्रतिनिधि सो जग्गा कमाउने मोही वा सँधियार उपस्थित हुन नआएमा सो जग्गा भएको क्षेत्रको
जिमिदार वा निजको प्रतिनिधि वा पटवारी वा स्थानीय 
गाउँपालिका वा नगरपालिकाको
प्रतिनिधिलाई राखी नियन्त्रण विन्दु स्थान खडा गर्न वा नापी गर्न वा जाँच गर्न सकिनेछ ।
(३) कुनै जग्गामा नियन्त्रण विन्दु स्थान खडा गर्दा वा जग्गा नाप जाँच गर्दा सो कार्यको
लागि आवश्यक स्थायी वा अस्थायी भूचिन्ह (लैण्डमार्कहरू), स्तम्भहरु (मनुमेण्टहरू) वा

दीपस्तम्भ (विकनहरु) राख्न वा गाड्न र दुष्यरेखा हेर्न वा साफ गर्न झाडी वा कुनै रुखको हाँगा
काट्न सकिनेछ ।
(४) कुनै जग्गामा नियन्त्रण विन्दु स्थान खडा गरिएमा त्यसरी स्थान खडा गर्दा लागेको
जमीनको क्षेत्रफल समेत खोली श्रेस्तामा जनाउनुपर्छ र सो जग्गाको जग्गावालाको जग्गाधनी
प्रमाण पूर्जा र मोही भए मोहीको जोताहाको निस्सा समेतमा सो व्यहोरा उल्लेख गरिदिनुपर्छ ।
स्पष्टीकरणः नियन्त्रण विन्दु स्थान भन्नाले यसको बीचको भूचिन्ह (लैण्डमार्क) देखि चारैतिर

१.५५ मिटरसम्मको जमीन समेत सम्झनुपर्छ ।
(५) जग्गा नाप जाँच हुँदा जग्गावालाले आफनो हकभोगको प्रमाणपत्र आफै वा आफनो
प्रतिनिधिद्वारा पठाई आफनो जग्गा दर्ता गराउनुपर्छ । ऐलानी जग्गा, सार्वजनिक जग्गा,
सामुदायिक जग्गा,

… … . र निर्धारित भएको वन सीमाना भित्रको जग्गा बाहेक दर्ता तिरो
केही नभई परापूर्वदेखि वेनिस्सा हकभोग भई आवाद गरी खाईआएको जग्गावालाले पनि सो
जग्गा दर्ता गराउनुपर्नेछ । त्यसरी परापूर्वदेखिको हकभोगको आधारमा दर्ता गराउन आएमा
त्यसरी दर्ता गराउन आएको जग्गाको
गाउँपालिका वा नगरपालिका, वडा चारकिल्ला र दर्ता
गराउन आएको व्यक्तिको नाम ठेगाना खोली सो उपर कसैको उजूर भए सूचना दिएको एक्काइस
दिनभित्र नापी टोलिमा उजूर गर्न पाउने व्यहोरा समेत खोलि नापी टोलिले सो जग्गाको मोही
साँध, सँधियार समेत धेरै जनाको आवत–जावत हुने मुख्य मुख्य ठाउँहरूमा सूचना टाँसी जिल्ला
र स्थानीय
गाउँपालिका वा नगरपालिकालाई लिखित सूचना समेत गर्नु पर्नेछ । कुनै उजूर
नपरेमा अन्य क्षेत्रको जग्गा भए नापी टोलिले र
नगरपालिका क्षेत्रको वेनिस्साको स्ववासी चर्ची
आएको घर जग्गा भए नापी गोश्वाराले सो जग्गा निजको नाउँमा दर्ता गर्नेछ । उजूर परेमा अन्य
क्षेत्रको जग्गा भए नापी टोलिले र
नगरपालिका क्षेत्रको वेनिस्साको स्ववासी चर्ची आएको घर
जग्गा भए नापी गोश्वाराले सरजमीन र आवश्यक जाँचबुझ गरी आफनो रायसाथ नेपाल
सरकारले तोकेको समिति वा अधिकारी छेउ जाहेर गरी भएको निकासा बमोजिम गर्नु पर्नेछ ।

(५क) जग्गा नाप जाँच गर्दा तिरो नभएको घरजग्गाको स्वामित्व घरायसी लिखतको
आधारबाट पाई कम्तीमा पन्ध्र वर्षसम्म आफनो हक जानी अटुट भोग गरेको र सो अवधिमा सो
लिखतलाई लिएर कुनै अदालतमा नालिस उजूर नपरेको भए सो लिखत रजिष्टे«शन नभएको भए
तापनि सो लिखतलाई सदर मानी त्यस्तो घरजग्गा सोही भोगवाला व्यक्तिको नाउँमा दर्तागर्नु
पर्नेछ र यस सम्बन्धमा उपदफा (७) को व्यवस्था लागू हुने छैन ।

(५ख) जमीन तल्ला र माथिल्लो तल्लाहरूमा वा एकै तल्लामा पृथक पृथक स्वामित्व
भएको घरजग्गा नाप जाँच गर्दा त्यस्तो घरजग्गा पृथक पृथक स्वामित्व भएको घर
जग्गावालाहरूको नाममा छुट्टा छुट्टै दर्ता गर्नु पर्नेछ ।

(५ग) आफ्नो नाममा दर्ता तिरो भै भोग चलन गरी आएको निजि वन बुटेन भएको
जग्गा सम्बन्धित व्यक्तिले सप्रमाण लिखित रूपमा दावी गरेमा दफा ११ ख बमोजिम गठित
समितिले छानविन गरी निर्णय गरे अनुसार सम्बन्धित जग्गावालाको नाममा दर्ता गरिनेछ ।

(५घ) पुन नाप जाँच भएको क्षेत्रमा जग्गा नापी गरी क्षेत्रिय किताबमा दर्ता गर्दा
गराउँदा यस अघि नाप जाँच गरी तयार भएको मौजुदा नक्सा एवं दर्ता श्रेस्ता हेरी भिडाई क्षेत्रीय
किताबको प्रमाण संकेतमा सोको विवरण जनाउनु पर्नेछ ।
(६) उपदफा (५) अनुसार नाप जाँच हँुदा जग्गा दर्ता नगराउने वा प्रतिनिधि पनि
नपठाउने जग्गावाला र मोहीलाई जग्गा दर्ता गर्न आउन पन्ध्र दिनमा नबढाई दोस्रो पटक
सम्बन्धित 
गाउँपालिका वा नगरपालिकामा सूचना प्रकाशित गरिनेछ । सो म्यादभित्र दर्ता
गराउन आउने जग्गावाला र मोहीलाई निजको हकभोगको प्रमाण भिडेमा र परम्परादेखि दर्ता वा
तिरो नभएको जग्गाको जग्गावालाले भोगेको आधारमा दर्ता गराउन आएकोमा आवश्यक
जाँचबुझ गरी तोकिएको अधिकारीले पाँच रूपैयाँ जरिवाना गरी सो जग्गा दर्ता गर्न सक्नेछ ।

(६क) उपदफा (६) बमोजिम दोस्रोपटक दिइएको म्यादभित्र पनि उपस्थित नहुने वा
आफनो प्रतिनिधि पनि नपठाउने जग्गावालाको जग्गा मौजुदा श्रेस्तामा भएको विवरण भिडाई
वडा समितिका एकजना प्रतिनिधिको रोहवरमा तोकिएको अधिकारीले दर्ता गरिदिन सक्नेछ ।

त्यसरी गरिएको दर्तामा चित्त नबुझ्ने जग्गा धनीले सो कुरा थाहा पाएको मितिले ६ महिनाभित्र
अदालतमा उजुर गर्न सक्नेछ ।
(७) कुनै जग्गा नाप जाँच हँुदा दुई वा दुईभन्दा बढी व्यक्तिहरूको बीच तेरो मेरो
सम्बन्धी प्रश्न उठेमा तोकिएको अधिकारीले सो कुराको दुवै पक्षको प्रमाण जाँची जुन पक्षको
प्रमाण बलियो देखिन्छ त्यसै पक्षको नाममा अदालतबाट अन्तिम निर्णय भई नआएसम्मका लागि
अस्थायी दर्ता गर्ने निर्णय गरी सम्बन्धित पक्षलाई त्यस्को निस्सा दिनेछ । चित्त नबुझ्ने पक्षले
त्यस्तो निर्णय उपर पैतिस दिनभित्र अदालतमा उजूर नगरेमा उक्त निर्णय अन्तिम हुनेछ र सोही
अनुसार सम्बन्धित व्यक्तिको नाममा दर्ता हुनेछ । उजूर परेकोमा अदालतबाट भएको अन्तिम
निर्णय भई आए बमोजिम दर्ता गरिनेछ ।

(९) यस ऐन बमोजिम पहिला नाप जाँच भई दर्ता श्रेस्ता तयार भई सकेको ठाउँमा
पुन नाप जाँच हँुदा मौजुदा दर्ता श्रेस्ता बमोजिमका जग्गामा दुई वा दुई बढी व्यक्तिहरूको बीच
तेरो मेरो सम्बन्धी प्रश्न उठेमा तोकिएको अधिकारीले मौजुदा दर्ता श्रेस्ता 
भिडाई जग्गा दर्ता
गर्नु पर्नेछ ।